
काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका छन् ।
पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै उनले एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने उनको तर्क थियो ।
‘कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता शुरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ।’
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा अनेरास्ववियूको स्थायी कमिटी बैठक जारी छ। बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्नेछ ।








प्रतिक्रिया