काठमाडौं
१० फागुन । चलचित्र फुलवारीको आम्दानी राम्रो देखिएको छ । निर्माण पक्षका अनुसार पछिल्लो समय यस चलचित्रको आम्दानी एक करोडभन्दा धेरै भएको छ ।
विदा परेकाले चलचित्रका हलहरुमा पचास प्रतिशत भन्दा धेरै सिट भरिएको छ । शुक्रबार प्रजातन्त्र दिवस, शनिबार र मंगलबार सार्वजनिक विदाका कारण चलचित्र हल पुग्ने दर्शकको संख्या उल्येख्य थियो ।
आईएनआई,क्यूएफएक्स, बिग मुभिजलगायत ठूला मल्टिप्लेक्सले चलचित्र फुलवारीको शालाई प्राथमिकतामा राखेका छन् । हलहरुको प्राइम टाइम फूलबारीको शामे राखिएको छ। परिवारिक कथा र ‘कबड्डी’ चलचित्रका कारण पनि फुलवारी प्राथमिकतामा परेको हो ।
अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, सोमनाथ खनाललगायत कलाकारहरुको अभियन रहेको यस चलचित्रमा चर्चिल कलाकार विपिन कार्की फरक भूमिकामा छन् । भष्मे डनको छवि बनाएका कार्कीले फुलबारीमा आफ्नो अव्वल कलाकारिता देखाएको चर्चा छ ।
चलचित्र फुलवारी यशोधा फिल्म्स ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको रामबाबु गुरुङले निर्देशन गरेका छन् ।
प्रतिक्रिया