१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठिमीमा घरको पर्खाल भत्किँदा एक जनाको मृत्यु



भक्तपुर, १४ फागुन । भक्तपुरको मध्यपुर ठिमीमा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै नयाँ घरको जग खन्ने क्रममा जोडिएको घरको पर्खाल भत्किएको हो।

पर्खाल भत्किँदा जग खन्ने काम गरिरहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन वि.क घाइते भएका थिए। घाइते वि.कलाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।