७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


यसरी बनाउनुस् घुमफिरको योजना



लेन्स : कृष्ण न्यौपाने/रासस

ललितखबर
जीन्दगीका स्वर्णिम पलहरु साँच्ने रहर सबैलाई हुन्छ । जीवनलाई स्मरणिय बनाउन, परिवारसँग रमाइलो क्षण विताउन योजना बनाउन जरुरी छ ।
हस्ताको एक दिन शनिबार तपाई आफ्ना लागि प्रयोग गर्नुस् । दिनरात पैसा कमाउन लाग्नु भएको छ भने लाग्नुस् तर शनिबार छुट्टी लिनुस् ।
सधै घुम्न जान त सकिदैन । व्यक्तिगत कामले पनि भ्याइदैन । खर्चले पनि पुग्दैन । त्यसैले महिनाको एक दिन वा दुई दिन घुम्ने तालिका बनाउनुस् । हामी महिनाको अन्तिम शनिबार वा पहिलो शनिबार घुम्ने योजना बनाउन सक्छौं ।
कसरी जाने ?
घुम्न जादा रेष्टुरेण्ट वा रिसोर्टमा खाने ट्याक्सीमा जाने रमाइलो गर्ने सबैको रहर हुन्छ । आफ्नै कार हुनेलाई सझिलो हुने नै भयो ।
मोटरसाइकलमा अट्ने परिवार छ भने त ठिकै छ । नत्र भने ट्याक्सी खोज्नुस् । वा नजिकको यात्राका लागि सार्वजनिक यातयात पनि राम्रो हुनसक्छ । यात्रामा जाँदा कष्टकर महसुस हुनु हुँदैन । रमाइलो गर्न जाँदा कष्ट महसुस भयो भने राम्रो हुँदैन ।
के खाने ?
यात्रामा जाँदा चाउचाउ,लेज,दालमोठ र विस्कुटजस्ता पत्रु खाजा नखानुस् । यसले स्वास्थ्यलाई फाइदा गर्दैैन ।
तर घुम्न जाँदा रेष्टुरेण्ट वा रिसोर्टमा खाँदा स्वास्थ्यलाई हानी भइरहेको हुन्छ । खर्च पनि बढ्छ । सकेसम्म घरमै बनाएर लैजादा मिठो पनि स्वस्थ्य पनि हुन्छ । मिठो बनाउन आउदैन भने युट्युवमा हेर्नुन् । सबै कुरा मिठो बन्छ । यो सबै झण्झट लाग्छ भने रेष्टुरेण्ट रिसोर्ट छँदैछ । आजकल घुम्न जाँदा जहाँ पनि रेष्टुरेण्ट रिसोर्ट भेटिन्छ ।
कहाँ जाने ?
कति समय घुम्न जाने हो । निक्यौल गर्नुस् । एकै दिनमा फर्कनु छ भने टाढा नजानुस् । घुमफिरपछि फर्कन समय नपुगे फेरि दुःख हुन्छ ।
एक दिने यात्राका लागि राजधानीको चिडियाघर, फनपार्क, सम्पदास्थलहरु पटन दरवार, वसन्तपुर,भक्तपुर दरवार, बौद्ध,स्वयम्भूजस्ता रमाइला गन्तव्य छन् । ठमेल दरवारमार्ग शहरमा रमाइला ठाँउ घुमेर पनि दिन विदाउन सकिन्छ ।
तस्विर खिच्नुस अनि धुलाउनुस्
यात्राका रमाइला तस्विरहरु सबैले खिच्छन् । धेरैले मोवाइलबाट खिचेका हुन्छन् । केही समय मोवाइलमा रहन्छ । हेरिन्छ । अनि मेटिन्छ । फोटो छाप्ने ध्यान कसैको हुँदैन ।
यसरी नै रमाइला पलहरु हराएर जान्छन् । यात्राका क्रममा तस्विर खिच्नुस् । अलि कलर लयाव गएर धुलाउनुस् र एल्वम बनाएर राख्नुहोला । नत्र तपाईले संग्रह गरेका रमाइलो पलहरु त्यसै हराएर जान्छ । पछुताउनु पर्ला ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : २८ बजे