९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नाई नभन्नु ल ६’को टिजर सार्वजनिक




२० फागुन । चलचित्र ‘नाई नभन्नु ल ६’ टिजर रिलिज भएको छ । नयाँ बर्षको अवसर पारेर वैशाखको १ गतेबाट रिलिज हुन लागेको यस चलचित्रको टिजर हेर्दा दमदार हुने संकेत देखिएको छ ।
चलचित्रको टिजरमा एक्सनका दृश्य राम्रो छ ।
चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका छन् । नायिका आँचल शर्मा, नव–नायक आर्शिवाद क्षेत्री, कलाकारहरु सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ ।
चलचित्रमा विकासराज आचार्य, सामिप्य तिमिल्सिना, अरुणदेव जोशीको कथा, हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।
फिल्ममा विकासराज आचार्य र बिष्णुमणी दाहालले निर्माण गरेका छन् । संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान चलचित्रमा कार्यकारी निर्माता रहेका छन् ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ५ : ५० बजे