३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बितेको एक वर्ष सिकाईको उर्बर समयको रुपमा लिएको छु’



काठमाडौं, २२ फागुन । अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया रहेको भन्दै बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमा फेसबुकमा भनेका छन्, ‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु । मेरो स्वागतमा परिवार, आफन्त, साथीभाई मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन । बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।