२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्का पन्जा ४’ को ‘सिरूपाते जुंगामा’ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २३ फागुन । फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो।

बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने संगीत, संगीत संयोजन तथा मिसिङ बाबुलकै छ। गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।  नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।