९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘२.० छड्के’ सुपर फ्लप



काठमाडौं
२७ फागुन । नेपाली सिने जगतका उदयमान अभिनेता अनमोल केसीद्वारा अभिनित चलचित्र २.० छड्के बक्सअफिसमा सुपर फ्लप भएको छ ।
तामझामका साथ प्रचारप्रसार गरिएको चलचित्रका वितरक सुनिल मानन्धर, निर्माता देव कुमार श्रेष्ठ र अभिनेता अनमोल केसीले नै चलचित्र छड्के सुपर फ्लप भएको स्वीकार गरेका छन् ।
वितरक सुनिल मानन्धरले एक टेलिभिजन कार्यक्रममा चलचित्र छड्के यति धेरै कमजोर भएको थाहा पाएको भए आफूले वितरणको जिम्मा नै नलिने बताएका छन् । निर्माता देवकुमार श्रेष्ठले पनि चलचित्र नचलेपछि निराश बनेका बताएका छन् । उनले चलचित्र छोटो भएको निर्देशकले गल्ती गरेको भन्दै दोष लगाएका छन् । फिल्म ठेक्कामा दिएर आफूले गल्ती गरेको बताएका छन् । करिव ३ करोडमा लगानी गरेको चलचित्रले एक सातामा ३० लाख मात्र उठाएको बताउदै उनले निर्माताको हातमा करिव १० लाख आउने स्वीकार गरेका छन् ।


उता चलचित्र सुपर फ्लप भएपछि अभिनेता अनमोल केसी पनि निराश छन् । अभिनेता केसीले छड्के चलचित्रबाट आफूलाई माया गर्ने दर्शकलाई निराश बनाएको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै केसीले यस चलचित्रमा आफू चुकेको र शुन्यमा आएको भनाई राखेका छन् । उनले आफूले नवौं वटा चलचित्र गरिसकेको र अव आउने दशैं चलचित्र शुन्य हटाएर करिअरको पहिलो सिनेमा हुने र दोश्रो सत्र हुने बताएका छन् ।
उनी निरिह बन्दै शुभ चिन्तक र दर्शकको साथ रहुन्जेल कोशिस निरन्तर जारी रहने उल्येख गरेका छन् ।

‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र रहेको बताइएको थियो । यार्सागुम्बामाथि नियन्त्रण गर्ने तीन समूहको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : १७ बजे