१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज वर्षाको सम्भावना




२७ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिमा देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागका मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ०६ बजे