५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीकी लक्ष्मी सिलवाल हराएको एक महिनापछि मृत फेला




ललित खबर
२७ फागुन । ललितपुरको गोदावरीकी लक्ष्मी सिलवाल हराएको झण्डै एक महिनापछि घर नजिकै मृत अवस्थामा फेला परेकी छिन् ।
म्हानगरिय प्रहरी प्रभाग वाडेगाँउका अनुसार उनी गतविहीबार घर नजिकै वन कार्यालय परिसरमा लक्ष्मी सिलवाल मृत फेला परेकी छिन् । उनको शव नजिकै विषका वोत्तलहरु समेत फेला परेको प्रभागमा कार्यरत इन्स्पेक्टर दिपक केसीले ललितखबरलाई बताए ।
सिलवाललाई प्रहरीले खोजी तिब्र पारेको थियो । प्रहरीले फुल्चोकी जंगलको चप्पा चप्पा खोजि गरेको इन्सपेक्टर केसी बताउछन् । उनले भने, ‘नीजि क्षेत्रको सुरक्षाकम्पनीका कर्मचारीले समेत लामो समय खोजी गरेका थिए । हामीले सिटिटिभि फुजेजमार्फत पनि खोजी गर्यौं । आखिर घर पछाडि शव फेला प¥यो ।’
तर सिलवालको शरिर भने कुहिएको अवस्थामा थिएन । इन्सपेक्टर केसीले विषले मुख डढेको देखिएको बताए । उनका अनुसार विष सेवनका कारण शरिरमा व्याक्टेरिया नफैलिएकोले शरिर नकुइएको हो ।
प्रहरीले प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ३ गोदावरी मोतिचौरस्थित वन कार्यालय सेवा पछाडी कम्पाउण्ड बनाउन खनेको खाल्डोमा ४८ वर्षीया सिलवाल बिहीबार मृत्त अवस्थामा फेला परेकी थिइन् ।
उनको शव मुचुल्कालगायत कानूनी प्रकृया पुरा गरि दाहसंस्कार गरिएको छ ।
पारिवारिक निकट श्रोतका कारण सिलवाल केही समयदेखि आर्थिक समस्याका कारण तनावमा थिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।