२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम



काठमाडौं, २८ फागुन  । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गरेकाे विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ।

बुवा तीर्थबहादुर शाक्य र आमा कुल माया शाक्यकी सुपुत्री अष्टलक्ष्मी शाक्यको पति अमृत बोहोरा छिन् । काठमाडौं नागार्जुन नगरपालिका-३, पाँचधाराकी ६९ वर्षीय शाक्य महिला एवम् आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गरेकी विज्ञप्तिमा उल्लेख छ। उनी नेकपा (एमाले) को तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार भएकी हुन् ।

बुवा सत्यनारायण यादव र आमा मुनियाँ देवी यादवकी सुपुत्री प्रमिला कुमारीको पति विजेन्द्र कुमार राय छन्। सुनसरीको कोशी गाउँपालिका – १, लौकही बजारकी ५५ वर्षीया यादव महिला एवम् मधेसी समुदायबाट उम्मेदवार बनेकी विज्ञप्तिमा जनाइएको छ।

यसैगरी, बुवा प्रमादराय यादव र आमा सिहवा देवीको पुत्र रामसहाय यादवकी पत्नी चम्पा देवी यादव छिन् । बाराको सिम्रौनगढ नगरपालिका-९, बसवरियाका ५२ वर्षीया यादव पुरुष एवम् मधेसी समुदायबाट छन्। जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय यादव उपराष्ट्रपति पदमा उम्मेदवार बनेका हुन् ।

बुवा जगदीश झा र आमा जयश्री झाकी सुपुत्री ममता झा महिला एवम् मधेसी समुदायबाट हुन् । सप्तरीको राजविराज नगरपालिका- ७ की ५४ वर्षीया झा जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी छन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।