९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा फेरि बुद्धको मूर्ति चोरी



चापागाँउ
२९ फागुन । ललितपुरको चापागाँउमा फेरि बुद्ध मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार ललितपुरको चापागाँउमा महानगरिय प्रहरी बृत्तसँगै रहेको आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्ति चोरी भएको हो ।
यही चैत्यको उत्तरतर्फको बुद्ध मूर्ति गतफागुन १७ गते राती चोरी भएको थियो ।
महानगरिय प्रहरी बृत्त चापागाँउको करिव ३ सय मिटर दुरीमा रहेको चैत्यमा राखिएको बृद्धको मूर्ति चोरी भएको हो ।

फागुन १८ गते चोरीका क्रममा भत्काइएको स्थान ।

चापागाँउ पुरानो वसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यको मूर्ति स्तुपा भत्काएर चोरी भएको प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्णकुमार चन्द बताउछन् ।
वसपार्कमा रातको समयमा प्रहरीको ड्युटी समेत हुने कडा सुरक्षा भएकै ठाँउमा ऐतिहासिक पुरातात्विक मूर्ति चोरी भएको हो ।
आइतबार रातको समयमा स्तुपामा रहेको बुद्धको मूर्ति चोरी भएको महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्णकुमार चन्दले ललितखबरलाई जानकारी दिएका छन् । उनका अनुसार चोरीका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
चैत्य ईस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्येख छ । वडाध्यक्ष निलबहादुर देशार फागुन १८ गते भएको मूर्ति चोरीको अनुसन्धानकै क्रममा फेरि अर्को मूर्ति चोरी हुनु दुखद घटना रहेको बताउछन् । उनी भन्छन्,‘हामी अनुसन्धानका लागि सघाइरहेका छौं । प्रहरीले काम गरिरहेको छ ।’
महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि चन्दले अपराध महाशाखा र अनुसन्धानको टोलीले अवलोकन गरेको गरेको बताए । भने, ‘हामी खोजी गरिरहेका छौं ।’

पछिल्लो समय ललितपुर क्षेत्रमा निरन्तर मूर्ति चोरी भइरहेको छ । केही बर्षअघि ठेचोस्थित ब्रम्हायणी मन्दिरको मूर्ति चोरी भयो । फेला नपरेपछि नयाँ बनाएर नित्य पूजा गरिएको छ ।
गत वर्ष सुनाकोठीको वालकुमारीको मूर्ति चोरी पछि झाडीमा फ्याकिएको अवस्थामा फेला परेको थियो । केही महिना अघि लेलेको एक मन्दिरमा समेत मुकुटहरु चोरी भयो । तर प्रहरीले फेला पार्न सकेन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ०४ बजे