८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट



चापागाँउ
२९ फागुन । बंगलादेशमा भएको कला प्रर्दशनीमा चापागाँउका सुरेम देशार उत्कृष्ट १० मा परेर पुरस्कृत भएका छन् ।
फोकस बंगलादेश ढाकाको आयोजनामा सम्पन्न ‘ड्टस अन्तर्राष्ट्रिय मिनियचर कला प्रदर्शनी’मा विभिन्न सात देशबाट दुई सय ललितकलाकार सहभागी थिए ।
देशारको अमुर्त बिधाका नेचर नामक चित्र उत्कृष्ट १० मा पर्न सफल भएको हो ।
सो प्रदर्शनीमा नेपालबाट सुरेम देशार सहित बरिष्ठ कलाकार गौतम रत्न तुलाधर,अंकित महतो,गौरबरत्न तुलाधर,प्रतिमा थापा,शिवानी राणा,सुष्मा श्रेष्ठ,सुष्मीता कुँवर,श्रेया श्रेष्ठ ,सुकृति नकर्मी रेनुका महर्जनका कला सहभागी थिए ।
अन्र्तराष्ट्रिय प्रतिश्पर्धामा छनौट हुँदा खुशी लागेको प्रतिकृया दिएका छन् । उनले भने, ‘निरन्तरको मेहनतले सफल हुने शिक्षा मिलेको छ । थप मेहनत गर्ने बल पाएको छु ।’
देशार मृर्त र अमुर्त दुवै विधामा चित्र कोर्ने गर्छन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : १८ बजे