९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक



२९ फागुन । चलचित्र ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको टिजर रिलिजसँगै निर्माण पक्षले चलचित्र प्रर्दशनको मिती समेत सारेको छ ।
चैत्र १० गतेबाट प्रदर्शनमा आउने ’ए साथी सुन’ चलचित्र २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।
प्राविधिक काम नसकिएकाले चलचित्रको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले चलचित्र प्रर्दशन सार्नु परेको बतएको छ ।
चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् । केही समयअघि दुर्घटनामा परेर निधन भएका कलाकार जयनन्द लामा अभिनित ‘ए साथी सुन’ चलचित्र अन्तिम हो ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह–निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।
टिजरमा द्वन्द्वको दृश्य देखाइएको छ । तीन साता अघि तिमीबाहेक चाहिदैन बोलको गीत सार्वजनिक गरिएको थियो । जुन ११ लाख दर्शकले युट्युवमो हेरिसकेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : ०३ बजे