७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सासंद उदयशम्सेर अर्थमन्त्री बन्ने सम्भावना कति ?



ललितखबर
१ चैत्र । ललितपुरका आयोजित एक सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सासंद उदयशम्सेर राणालाई मन्त्री बन्ने पक्का पक्की भएको भन्दै बधाई दिए । उदय पनि मञ्चमै बसेर मुसुमुसु हाँसिरहे ।
त्यसैबेला वागमती प्रदेस संसदका नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका मधुसुदन पौडेलले हात मिलाएर शुभकामना दिए ।
पुर्वअर्थराज्यमन्त्री समेत रहेको ललितपुर क्षेत्र नं. १ का सासंद उदयशम्सेर राणा अर्थमन्त्री बन्ने सम्भावना कति छ ? चासोको विषय रहेको छ ।
नेकपा एमालेका प्रभावशाली नेता नवराज सिलवाललाई मतले पराजित गरेका सासंद राणा पार्टीभित्र पनि प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनले गत १४ औं महाधिवेशनमा पार्टीभित्रै ५औं धेरै मत ल्याएर केन्द्रिय सदस्यमा विजयी भए ।
राणा संस्थापन पक्षका नेता तथा सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
हुन त देउवाका विश्वसपात्र तथा प्रवक्ता डा. प्रकाशशरण महत,पुर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा समेत अर्थमन्त्रीको दौडमा छन् । डा. प्रकाशशरण महत र पुर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्न दौडधुपमा छन् भने राणाले पनि इच्छा देखाएका छन् ।
महामन्त्री थापाले केही दिनअघि आफू पार्टीको महामन्त्री रहेकोले मन्त्री नबन्ने धारणा सार्वजनिक गरेर अर्थमन्त्रीको दौडबाट पछि हटेका छन् ।
गत २०७३ सालमा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका राणा यस पल्ट स्वभाविक प्रतिश्पर्धी हुन् ।
राणा अर्थतन्त्रबारे औपचारिक शिक्षा लिएको भने देखिदैन । उनले अमेरिकी विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्धका विषयमा स्नाकोत्तर गरेका छन् भने अन्तराष्ट्रिय सम्बन्धकै विषयमा विभिन्न सोध प्रबन्ध प्रकाशित छन् ।
नेकपा एमाले सरकारबाट बाहिरिएसँगै एमालेले पाएको अर्थमन्त्री नेपाली काँग्रेसले नै पाउने निश्चित छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको कारण पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री परिषद विस्तार गर्न पाएका छैनन् । उपराष्ट्रपति लगत्तै प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिनेछन् । अनि मात्रै मन्त्रीपरिषद विस्तार हुनेछ ।
ललितपुरबाट मन्त्री हुने सासंदको संख्या पछिल्लो समय न्युन छ । गत २०७४ सालको निर्वाचनको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले तत्कालीन उम्मेदवार नवराज सिलवाललाई मन्त्री बनाएर पठाउने उद्घोष गरे । तर उनी मन्त्री बनेनन् । पछिल्लो समय नेकपा माओवादीकी नेतृ पम्फा भुसाल मन्त्री बने पनि ललितपुरको विकाशमा साखै योगदान नदिउको भन्दै स्थानीय मतदातादे तीब्र आलोचना गरे । गतमंसिर ४ गते उम्मेदवार बनेकी उनलाई पराजित भइन् ।
राणा खानदानबाट राजनीतिमा होमिएका उनी बबरशम्सेरका नाती तथा काँग्रेस नेता सागरशम्सेरका छोरा हुन् ।
राणा २०७० सालको दोश्रो संविधानसभा सदस्यमा समेत विजयी भएका थिए । त्यसैबेला उनी अर्थराज्यमन्त्री बनेका थिए ।
उनी अर्थमन्त्री बन्न सफल भए आफ्नो निर्वाचन क्षेत्रका विकाश निर्माणका लागि बजेट ल्याउने भन्दै स्थानीय नेताहरु खुशी छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : १५ बजे