३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाडीको ठक्करबाट अपरिचित महिलाको मृत्यु




हेटौडा
१ चैत्र । पूर्व पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।