१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोेदावरीको मञ्चमा सडक विस्तारको सवाल जवाफ



ललित खबर
१ चैत्र । गोदावरी नगरपालिकाको बार्षिकोत्सवमा ललितपुरको सडकहरुको दुरावस्थाका विषयमा सवाल जवाफ भएको छ ।
प्रदेस सासंद रघुनाथ महर्जनले आफ्नो नेतृत्वमा नख्खु करिडोर निर्माण सुरु गरिए पनि पुरा नभएको दुखेसोबाट सुरु भएको बहस संघीय सासंद उदय शम्सेर राणा मन्त्री बनेर आएपछि विकासले तब्रिता आउनेसम्म चर्चा भए ।
प्रदेस सदस्य महर्जनले आफ्नो पहलले मात्रै ललितपुरको सडकको अवस्था सुधार्न नसक्ने स्वीकार्दै सबै सरोकारवाला निकायले पहल नगरेसम्म केही नहुने भन्दै सबै मिल्नु पर्ने बताए । उनले यस करिडोरलाई कसरी पुरा गर्ने भन्ने विषयमा नगरपालिका र संघीय सासंदले प्रष्ट धारण आउनु पर्ने माग गरे ।
प्रदेस सासंद मधुसुदन पौडेलले सासंदलगायत जनप्रतिनिधिहरुले इमानदार प्रयास नगरेसम्म सडक सुधार गर्न सम्भव नभएको बताए । सासंद पौडेलले सडक विस्तार नहुँदा सडकमै एम्बुलेन्सभित्र विरामीको मृत्यु भएको घटना सुनाउदै अवको गोदावरी कस्तो बनाउने भन्ने योजना सार्वजनिक गर्नु पर्ने बताए । उनले एमाले, माओेवादी र काँग्रेस भएर नभई जनप्रतिनिधि भएर सोच्दै काम गर्नुपर्ने बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यस क्षेत्रमा सडक सुधार नगरेसम्म जनताले विकाश भएको नमान्ने अवस्था रहेको धारणा राखे । उनले राष्ट्रिय स्तरको बजेट नभई सडक सुधार गर्न नसक्ने भन्दै संघीय सासंद उदयशम्सेर राणाले पहल गर्नु पर्ने बताए ।
सासंद राणा आफूहरु अर्थमन्त्रीसँग भेटेर सडक सुधारको माग राखे पनि बजेट अभावका कारण आफूले सडक सुधारको काम गर्न नसकेको भन्दै पञ्छिए ।
ललितपुर ढोलाहिटीदेखि चापागाँउको टाहाखेल चौतारासम्म सडक विस्तार भएको छैन । निर्माणकम्पनीहरुले भर्खरै टाहाखेल लेले र सातदोवाटो ढोलाहिटी सडक विस्तार सम्पन्न गरेका छन् ।
सातदोवाटा ढोलाहिटी सडक १६ मिटर कायम गरेर विस्तार गरिएको छ भने लेले बजारमा सडक विस्तार अधुरो छाडिएको छ । नख्खु करिडोर नख्खु वागमती दोवानदेखि ठेचोको सिमानासम्म लगभग पुरा भएको छ । कर्मनसा करिडोर पनि धापाखेल क्षेत्रबाट अघि बढेको छैन । उता गोदावरी करिडोर पनि अलपत्र छ ।
धापाखेल सडक विस्तारको काम सुरु भए पनि मुआव्जा नदिदा काम थोरै भएको छ ।
कान्तिलोकपथ पछिल्लो समय ललितपुर खण्डमा पहाड काट्न सुरु भएको छ । टुंगुन मध्यमार्ग कालोपत्र सुरु गरिएको छ । लेले गोटिखेल सडक कालोपत्र गर्ने चर्चा भए पनि काम भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : २७ बजे