काठमाडौं, ५ चैत । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भए पनि कोही घाइते नभएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी रन्जीतकुमार दाहालले बताए।
विराटनगरमा गरिएको प्रदर्शनमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन्।







प्रतिक्रिया