१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका जनप्रतिनिधिद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट



५ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेट गरेका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
शीतल निवासमा आज भएको भेटमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेट गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गरे ।

त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : २८ बजे