१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खु खोलामा थुम्बा मृत फेला



काठमाडौं
७ चैत । ललितपुरको नख्खु खोलामा एक पुरुष मृथ अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका सुनाकोठी २६ नख्खुखोलास्थित टहरामा बस्ने तेह्रथुम घर भएका ४५ वर्षीय पूर्णबहादुर थुम्बा सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै राजधानी काठमाडौंमा थप तीन जना मृत भेटिएको प्रहरीले सोमबार जानकारी दिएको छ ।
मृत फेला पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ टेकु पुलमुनी पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका २ कोरीबाहाल बाग्मती खोलाको बिचमा हाल नाम, थर, वतन नखुनेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल घर भई हाल काठमाडौं
महानगरपालिका ६ नयाँबस्ती पाटीटार डेरा गरी बस्ने ३४ वर्षीय तारा पोखरेल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ५३ बजे