९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र कलाकार संघका अदाधिकारीलाई सम्मान लिन भ्याई नभ्याइ



ललितखबर
८ चैत्र । चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई आजकल बधाई कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ । पछिल्लो समय कलाकार संघ पदाधिकारीले पुर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर बधाई ग्रहण गरे ।
काँग्रेस सभापति देउवा निवासमा बरिष्ठ कलाकार निर शाह, निर्देशक राजकुमार राई,अभिनेता शिव श्रेष्ठ,निवर्तमान अध्यक्ष रविन्द्र खड्का पनि उपस्थित थिए । सभापति देउवालाई चलचित्र क्षेत्रको विकाश कालागि विभिन्न माग समेटिएको ज्ञापन पत्र समेत बुझाइएको थियो ।
देउवा निवासमा पार्टी प्रवक्ता प्रकाशशरण महत र उपसभापनि पूर्ण बहादुर खड्का समेत सहभागी थिए ।
कलकारहरुलाई राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि बधाई ज्ञापन गरे । उनीहरुले चाक्सीबारी पुगेर प्रकाशमान सिंहको पनि सम्मान ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : ४१ बजे