१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



 

१० चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले ट्वीटमा भनेका छन, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।” निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।