९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पशुपतीमा ‘भष्मे डन’को चुरीफुरी



ललितखबर
१२ चैत्र । पशुपतिनाथ मन्दिरको पुर्व क्षेत्रमा रहेको वागमती पुलमा शनिबार भीड थियो । त्यही भीडमा केही युवाहरु बाँसले बाटो छेकेर आवतजावत बन्द गरिरहेका थिए । पुलबाट हिड्न त के उभिन समेत निषेध थियो । बेला बेलामा नबोल्न युवकहरु चिच्चाउदै अनुरोध गरिरहेका थिए ।

यो सडक बन्द र अवरोध ‘पशुपति २ : प्रसाद भष्मे डन’ले गरेको हो । चलचित्र पशुपति प्रसादको दोश्रो सेरिज ‘पशुपति २ : प्रसाद भष्मे डन’को सुटिङको क्रममा यहाँको सडक अवरुद्ध गरिएको हो ।
चलचित्रको सुटिङ हेर्न असंख्य भीड देखिन्थ्यो ।

यहाँ सुटिङ हेर्न मात्रै होइन, चलचित्रको पर्दामा आफ्नो अनुहार देखाउन युवा युवतीहरु लाइन लागेर देवि बनेकी अभिनेत्री सस्वस्तीमा खड्कालाई पैसा चढाइरहेका थिए ।
उता भष्मे डन अर्थात विपिन कार्की आफ्नै धुनमा मस्त थिए । उनी भष्मे डनको चुरीफुरी देखाइरहेका थिए ।

चलचित्र सुटिङ अवधिभर क्यारेक्टरमै झुम्दै रमाउदै उनी उस्तै भाव भंगी र हर्कत देखाइरहेका थिए । उता अर्का कलाकार निश्चिल बस्नेत भने खैरो कपडा लगाएर झुम्म परेर बसेका अवस्थामा भेटिए । उनी चलचित्रको क्यारेक्टरमै दिनभर रमेको देख्न सकिन्थ्यो ।

देविको अवतार धारण गरेकी स्वस्तीमालाई नक्कली हात पिठ्यु मा बोकेर दिनभर उभिन कठीन थियो । कलाकारहरु पशुपतिको भीडमा दिनभर चलचित्रको पटक पटक टेक दिइरहेका थिए । झमक्क साँझ परेपछि पशुपतिबाट कलाकारहरु सुटिङ सकेर हिडे ।

गत शुक्रबारबाट पशुपतिनाथ मन्दिर परिसरमा सुरु भएको ‘पशुपति २ : प्रसाद भष्मे डन’ आगामी दशैंको फुलपातीको दिन प्रर्दशन गर्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा विपिन कार्की शिर्ष भुमिका रहेको बताइएको छ । कलाकारहरु खगेन्द्र लामिछाने, बर्षा सिवाकोटी,सौगात मल्ल, स्वस्तीमा खड्कालगायत यस चलचित्रमा अनुबन्धन भइसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : २२ बजे