९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रेमा’लाई प्रिमियरमा उत्साहजनक प्रतिक्रिया



काठमाडौं
१६ चैत्र । यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि चलचित्रकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले चलचित्र आफूलाई राम्रो लागेको बताइन् । उनले चलचित्रको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका चलचित्र बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन् ।

अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक चलचित्र हेर्न पाएको खुलाए । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग चलचित्रको कथा कहिँ कतै जोडिन्छ’, उनले भने ।

अभिनेत्री सन्ध्या केसीले चलचित्रले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । चलचित्रले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।

चलचित्रका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी चलचित्र बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।

निर्देशक गोविन्द सिंह भण्डारीले चलचित्र हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए ।

 

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।

निर्देशक गोविन्द सिंह भण्डारीले चलचित्र हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।

निर्माता विवेक घिमिरेले चलचित्रको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै चलचित्रमा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।

चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । चलचित्रको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : ०६ बजे