३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



२२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी  गराएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र जिन्सी शाखा प्रमुखले सफ्टवेयर खरिदका लागि स्वीकृति गरेर उक्त सफ्टवेयर प्रयोगमा नआएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।