१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बहाव हेर्ने दर्शकले दिए मिश्रित प्रतिकृया



चलचित्र हेर्न नेताहरु प्रदीप पौडेल, रघुजी पन्त, पदम गिरी, लुनिभा तुलाधर, नीता ढुंगानालगायत हल पुगेका थिए

 

२३ चैत्र । राजधानीमा चलचित्र बहावको प्रिमियर शो सम्पन्न भएको छ ।

कलाकार,पत्रकार विभिन्न राजनीतिकर्मी र आफन्तहरुले चलचित्र हेरेर हलबाट फर्केपछि धेरै दर्शकले नयाँ विषयबस्तु उठान गरेको भन्दै चलचित्रको प्रशंसा गरेका छन् ।
चलचित्र हेर्न नेताहरु प्रदीप पौडेल, रघुजी पन्त, पदम गिरी, लुनिभा तुलाधर, नीता ढुंगानालगायत हल पुगेका थिए ।

अभिनेत्री सुरक्षा पन्तले दर्शकका लागि कथा नयाँ हुनसक्ने बताइन् । उनले आफ्नै चलचित्रमा समेत आलोचनात्मक प्रतिकृया दिने समेत बताइन् ।
हास्यकलाकार कथा केही फरक रहेको बताए । उनले दर्शकलाई एकपल्ट हेर्न अनुरोध गरेका छन् ।

सासंद रघुजी पन्तले यसको विषयवस्तु, कलाकारको अभिनयले केही सोच्न वाध्य बनाउने बताए । उनले चलचित्र उत्कृष्ट लागेको भन्दै हलबाट निस्केका थिए ।
कलाकार लुनिभा तुलाधर चलचित्रको कतिपय दृश्यमा आफू गम्भीर भएको बताइन् ।

कलाकार कमलमणी नेपालले दर्शकले चलचित्रको कथाबस्तुले बाँधेर राखेको भन्दै प्रतिकृया पाउदा खुशी लागेको बताए । बजेटलगायत विभिन्न कुराको परिधिमा रहेर चलचित्र निर्माण गरिउको र उत्कृष्ट चलचित्र बनेको बताए ।
दर्शकले चलचित्र हलबाट बाहिरिदै गर्दा सिनेमेट्रोग्राफी भनेजस्तो राम्रो नभएको चलचित्रले हेरुञ्जेल बाँधेरको तर अन्तमा सोचेजस्तो उत्कृष्ट नभएको प्रतिकृया दिएका थिए ।

हरेक घर घरमा घट्ने सामाजिक विषयबस्तुमा आधारित चलचित्र बहावमा अभिनेत्री सुरक्षा पन्त वरिपरि घुमेको छ । चलचित्रमा सिमित कलाकार र सानो बजेटमा निर्माण गरिएको छ ।
शुक्रबारबाट चल्ने अर्को चलचित्र प्रसाद २ अदालतको आदेशले रोकिएसँगै बहालको प्रतिश्पर्धा छक्का पञ्जा ४ सँग मात्रै हुने देखिन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  २ : ४१ बजे