१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने



 

२५ चैत्र । हल रिलिजको समयमा दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ ।

सिनेमाघर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अथात् वैशाख १ गतेबाट ओटीटी यात्रा सुरु गर्नेछ । पूर्वसन्ध्यामा खेलौना बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी फिल्म सार्वजनिक गर्न लागेको जानकारी गराएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले हेर्न जति दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । समीक्षकले पनि फिल्मको निर्देशन तथा कलाकारको अभिनयको उच्च तािरफ गरेका थिए ।
प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको थियो ।

 

https://mail.google.com/mail/u/1/#inbox/FMfcgzGsltPGJtkckDKXfPgGHSFpXKTj?projector=1

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : ५० बजे