एकसाथ चार वटा चलचित्र प्रर्दशन हुने भएपछि सिनेबजारमा निर्माता निर्देशकहरुको जुँगाको लडाईले चलचित्र क्षेत्र आफै धरासायी भएको चर्चा सुरु भएको छ
२८ चैत्र । २०८० सालको नयाँ बर्षको अवसरपारेर शुक्रबारबाट चार वटा चलचित्र एकसाथ प्रदर्शन हुने भएका छन् ।
‘जारी, बुलाकी, बिहे पास’ र ‘नाई नभन्नु ल ६’ चलचित्र यही बैशाख २ गते शुक्रबारबाट प्रदर्शनमा आउने भएका छन्
अरु तीन चलचित्रको टिकट बुकिङ सुरु भए पनि चलचित्र ‘नाई नभन्नु ल ६’को सेन्सर अझैं भइसकेको छैन । यद्यपी प्रदर्शन मिती भने बैशाख १ गते शुक्रबार नै तोकिएको छ ।
एकसाथ चार वटा चलचित्र प्रदर्शन हुने भएपछि सिनेबजारमा निर्माता निर्देशकहरुको जुँगाको लडाईले चलचित्र क्षेत्र आफै धरासायी भएको चर्चा सुरु भएको छ ।
नयाँ बर्ष र दशैजस्ता विशेष अवसरमा चलचित्र भवनमा दर्शकहरुको घुइचो लाग्ने भएकाले निर्माताहरु बैशाख १ गते नयाँबर्षमा नै चलचित्र प्रर्दशन गर्न हौसिएका हुन् ।
गएको फागुन १९ गते शुक्रबार छक्का पञ्जा ४ र छड्को २ चलचित्र एकै दिन प्रदर्शन भए पछि बाँकी ३ हप्ता कुनै नेपाली चलचित्र प्रर्दशन नै भएनन् । छक्का पञ्जा ४ राम्रोसँग नचलेको भए हल नै बन्द गर्नु पर्ने अवस्था रहेको निर्माताहरु बताउछन् ।
नयाँबर्षपछि चलचित्र ‘जारी’ चल्ने आकलन गर्दै बीग मुभिजले ७ शो दिएको छ । निर्देशक उपेन्द्र सुब्बा र निर्माता रामबाबु गुरुङको यो चलचित्रको सिने बजारमा राम्रै चर्चा छ ।
अभिनेता दयाहाङ राईको ‘बिहे पास’ चलचित्रको पनि बजारमा कम चर्चा छैन । ‘नाई नभन्नु ल ६’लाई पनि दर्शकले प्रतिक्षा गरेर बसेका छन् ।
प्रतिक्रिया