१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नाइँ नभन्नु ल ६’को  प्रर्दशन निर्माताहरुको झगडाले रोकियो



निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको

 

२८ चैत्र । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रर्दशन निर्माताहरुको लेनदेनको झगडाका कारण प्रदर्शन नहुने भएको छ ।
निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिएका छन् । “तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं”, निर्देशक आचार्यले भने ।
आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो ।

विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए । “हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ । लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ”, उनले भने ।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ५ : १५ बजे