७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मनासा खोला निरन्तर प्रदुषित,जनप्रतिनिधि नै गर्छन् वेवास्ता



ललितपुरका हरिसिद्धि ठैब र झरुवाराशीका रैथाने बासिन्दा नदि फोहोर भएको देख्दा चिन्तित छन्

 

ललितखबर
७ बैशाख । गोदावरी क्षेत्रबाट बग्ने कर्मनासा खोला पछिल्लो समय निरन्तर प्रदुषित छ । ०७२ सालको भुकम्पपछि अव्यवस्थित बसोबासको क्रम बढ्दै जाँदा नदि किनारमा फोहोर गर्ने प्रबृति बढेको हो ।
ललितपुरका हरिसिद्धि ठैब र झरुवाराशीका रैथाने बासिन्दा नदि फोहोर भएको देख्दा चिन्तित छन् । उनीहरुले २० बर्षअघि नै नदि सफा राख्ने अभियानको सुरुआत गरिसकेका थिए । तर पछिल्लो समय यस क्षेत्रमा विभिन्न ठाँउमा आगन्तुकहरु बसाई सरेर आउने र नदि किनारमा फोहोर र अतिक्रमण गर्ने क्रम तिब्र बनेको छ ।
हरिसिद्धिका अक्कलदास महर्जन झण्डै २० बर्षअघि ठैवमा सञ्चालित एक कपडा कारखानाले कपडा प्रशोधन गरेर फोहोर पानी कर्मनासामा बगाउन थालेपछि धिमेबाजा सहितको प्रर्दशन गर्दै उद्योग घेराउ गरेको सम्झन्छन् । उनी भन्छन्, ‘हामीले त्यसैबेला उद्योगलाई ७ लाख जरिवाना तिरायौं । पछि उधोग नै बन्द भयो ।’


नदि फोहोर गर्ने उधोगले तिरेको जरिवानाबाट गाउलेले हरिसिद्धिमा सत्तल निर्माण गरेको उनी बताउछन् ।
नदि किनारमा उद्योगले मात्रै होइन विभिन्न ठाँउबाट आएर खोला किनारमा गाई भैसी, सुंगुर बंगुर र गहाँस कुखुरा पालेर फोहोर जति पानीमा बगाइ दिने प्रबृतिले कर्मनासा फोहोर बन्दै गएको छ । हरिसिद्धका रामगोपाल महर्जन कर्मनासा खोला किनारमा आफूहरुले बङ्गुर पालनमा निधेष गरेको बताउछन् । उनी भन्छन्, ‘हामीले नदि सफा राख्ने पहल गरेर के गर्नु ?पारी पट्टी धापाखेलतिर बंगुर गाई भैसी पालेकै छन् ।’
ठैब क्षेत्रको नदि किनारको बंगुर,सुगुर र कुखुरा फामबाट फोहोर आएको भन्दै हरिसिद्धिका बासिन्दा केही दिनअघि गोदावरी नगरपालिका आएर ध्यानार्कषण गराए । गोदावरी १४ ठैबमा भेला भएरै उनीहरुले नदि किनारमा सफा राख्न जुलुस गए । ‘अव नदि किनारमा बंगुर पाल्न नपाउने व्यवस्था हुने भएको छ ।’ उनी भन्छन् ।

सरकारले करिडोर निर्माणसँगै ढल राखोस् कर्मनासा सफा बनाओस

कर्मनासा खोला दुषित हुने कारण धेरै छन् । बढ्दो जनसंख्या र बासिन्दाको अनुशासनहीन बानी व्यावहारले नदि फोहोर बनिरहेको हो । नदिमा घरको ढल मिसाईदिने प्रबृति नै फोहोर प्रदुषितको प्रमुख कारण रहेको स्थानीयको भनाई छ । स्थानीय बासुदेव त्रिपाठी वागमती नदिमाजस्तै दुवैतिर ढल राखेर नलगेसम्म खोला सफा नहुने बताउछन् । ‘सरकारले करिडोर निर्माणसँगै ढल राखोस् कर्मनासा सफा बनाओस्’ उनी भन्छन् । संस्कृती र सभ्यताले नै नदि फोहोर बनाउन सहयोग गरेको त्रिपाठी बताउछन् । लास जलाएर नदिमा फ्याक्दा पनि फोहोर बनेको छ । हामी सुसंस्कृत बन्ने बेला आएको छ । उनी सुझाव दिन्छन् ।

 स्थानीयहरु खोलाको जग्गा अतिक्रमण गर्दा समेत टुलुटुलु हेर्न बाध्य छन्

स्थानीय कृष्ण सिग्देल नदि किनार अतिक्रमण हुँदा पनि जनप्रनिनिधिले संरक्षण गर्न नसकेकोमा चिन्तित छन् । स्थानीयहरुका अनुसार सार्वजनिक जग्गा अतिक्रमण हुँदा जनप्रतिनिधि मतदाता रिसाउने डरले विरोधको स्वर गर्नेलाई नापी कार्यालय जान भन्छन् । स्थानीयहरु खोलाको जग्गा अतिक्रमण गर्दा समेत टुलुटुलु हेर्न बाध्य छन् । लफडा लिने जोखिम कसैले लिन सक्दैनन् ।
ठैब बस्ने सहारा मिश्र २० बर्षअघिसम्म सफा सुन्दर र हराभरा रहेको गोदावरी क्षेत्र पछिल्ला बर्षहरुमा मानबीय अतिक्रमणले यहाँको पर्यावरणमा क्षति पुगेको बताउछिन् । प्रकृतीको संरक्षण नगर्दा विभिन्न वातावरणीय समस्या आउने उनको भनाई छ ।
गोेदावरी सरोकारले बुधबार हरिसिद्धिमा आयोजना गरेको कर्मनासा खोला प्रदुषणमुक्त विशेष अभियानका क्रममा सहभागीले कर्मनासा खोला प्रदुषित हुनुमा यस्तै दर्जनौं समस्या राखेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  २ : ०९ बजे