२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


म फर्किएपछि दोहोरी साँझमा बसेर ‘सकम्बरी’ को समीक्षा गरौंलाः प्रकाश सपुत



काठमाडौं , ७ वैशाख । गायक प्रकाश सपुतले गीति भिडियो ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन्। उनले गीत १ करोड पटक हेरिएकोमा सबैलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको प्रतिक्रियाहरूलाई गम्भीर रुपमा मनन गरेको बताएका छन्।

आफ्नो फेसबुक अकाउन्टमार्फत् सपूतले आधिकारिक संस्थाको विज्ञप्ति आइसकेपछि सम्बोधन गर्नुपर्छ भन्दै लेखेका छन्, ‘यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला। यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनु होला।’
उनले पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको बताएका छन्। उनले ५ वर्ष साँझमा काम गर्दै गर्दा आफूले पनि थुप्रै अपमानजनक दृष्टिकोण खेपेको खुलाएका छन्।

‘थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु। तर त्यहिँबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेट्टायौं र अगाडि बढ्यौं। त्यसैले समग्रमा क्षेत्र राम्रो÷नराम्रो भन्दा पनि हामीभित्र पनि राम्रा/नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपात छ। ठूलो समस्या छ,’ उनले लेखेका छन्।

उनले आफू अमेरिकाबाट फर्केपछि दोहोरी साँझमा बसेर यसबारे छलफल गर्ने बताएका छन्। ‘म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला, कुनै मीठो भाका छान्दै गर्नु होला,’ उनले लेखेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।