कलाकार अर्पण थापाको भिलेन चरित्र, केकी अधिकारी र विपिन कर्कीको रुन्चे संवादले चलचित्र हेर्न दर्शनलाई कौतुहल बढेको छ
८ बैशाख । यही बैशाख १५ गतेदेखि चलचित्र भवनहरुमा ‘प्रसाद २ चलचित्र प्रर्दशन हुँदैछ । गत चैत्र २४ गते प्रर्दशनको तयारीमा रहेको यस चलचित्र निर्माताहरुको लफडा र मुद्दा मामिलासँगै अदातलको निर्णय आएपछि बैशाख १५ गते प्रर्दशन मिती तोकिएको हो ।
च्लचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरुको यस चलचित्रप्रति चासो ह्वात्तै बढेको छ । कलाकार अर्पण थापाको खलनायक चरित्र, केकी अधिकारी र विपिन कर्कीको रुन्चे संवादले चलचित्र हेर्न दर्शनलाई कौतुहल बढेको छ ।
राजधानीमा भएको चलचित्र प्रमोशनको एक कार्यक्रममा अभिनेत्री दिपाश्री निरौलाले चलचित्र ‘प्रसाद २’ लाई दर्शकले पर्खिरहेको बताउदै भनिन्, ‘राम्रो चलचित्रलाई दर्शकले पर्खर बस्नु भनेको नेपाली चलचित्रको बजार विस्तार हुनु हो ।’ उनले अर्पण थापा, केकी अधिकारी र विपिन कार्कीजस्तो कलाकार टोष्ट बटर भएको भन्दै उनले उनीहरुको कलाको प्रशंशा गरेकी छिन् ।
अभिनेता विपिन कार्कीले चलचित्र प्रसाद २ हेर्दा मज्जा आउने बताए । उनले केकी अधिकारी र अर्पण थापाको कामले चलचित्र राम्रो बनेको भनाई राखे ।
चलचित्र प्रसाद २ मा केकी अधिकारीले चलचित्रको पात्र नारायण बन्न मजदुर प्रयास गरेको बताइन् । काम गर्ने सिलसिलाको प्रसंग सुनाउदै
अभिनेत्री केकी अधिकारी विवाह भएको १ बर्षभर श्रीमान्सँग भिडियो कल गरेर विताएको बताइन् । उनले यो अवधिमा चलचित्रको कामका कारण धेरै व्यस्त भएको र श्रीमान्सँग भेट भएको बताइन् ।
आफू व्यस्तताका बीच दौडधुप, खानपानमा नियन्त्रण र कपडाका कारण पनि दुव्लो देखिएको बताइन् ।
प्रतिक्रिया