ललितखबर
१० बैशाख । शनिबार गोदावरी मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
ललितपुरको ठेचोमा संघीय सासंद उदयशम्सेर राणाले प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटसँगै ठेचो सडकमा सासंद उदयशम्सेर राणा र मेयर गजेन्द्र महर्जनको तस्विर सडकमा टागिएको थियो भने उद्घाटनसत्रको व्यानरमा सासंद राणाको ठूलो दुई वटा तस्विर राखिएको छ । मयेर महर्जनको भने एउटा तस्विर राखिएको थियो ।
नगरपालिकाको बजेटमा आयोजित प्रतियोगितामा सासंदको तस्विर राखिएको भन्दै स्थानीय खेलप्रेमी दुखीत भएको ललितपुरखबरसँग नाम नबताउने शर्तमा बताए ।
कार्यक्रममा सहभागी अतिथीले समेत सासंदको तस्विर राखेर फुटवल प्रतियोगिताको उद्घटन गरेको भन्दै आचार्य प्रकट गरे । नाम नबताउने शर्तमा उनले भने,‘यसो गर्नु हुँदैन भनेर हामीले भन्नुभन्दा पनि यो कुरा त उहाँहरुले बुझ्नु पर्ने हो ।’
कार्यक्रमको आयोजक टु स्टार क्लवका अध्यक्ष रविन्द्र महर्जनले मेयर कप भएकाले गजेन्द्र महर्जन र प्रमुख अतिथी भएकाले सासंद उदयशम्सेर राणाको तस्विर राखेर फुटवल प्रतियोगिताको उद्घाटन गरिएको जानकारी दिए । उनले भने, ‘आजबाट हामी स्पोन्सरको नाम र लोगो भएको व्यानर राख्छौं ।’
पछिल्लो समय खेल प्रतियोगितामा खेलाडीले खेलेको तस्विर राखेर व्यानर बनाउने प्रचलन छ । देशभर हुने यस्ता प्रतियोगितामा नेताको तस्विर राखेर प्रचार गरिदैन । राजाको पालामा भने राजाको तस्विर राखेर यस्तो किसिमको प्रतियोगिता आयोजना हुने गर्दथे ।
लोकतन्त्र र गणतन्त्र आएपछि नेताको तस्विर राख्ने चलन हटेको भए पनि ललितपुरमा नेपाली काँग्रस नेता नेता मीनकृष्ण महर्जनले पनि बेला बेलामा आफ्नो तस्विर ठाँउ ठाँउमा राखेर खेल प्रतियोगिता गर्ने गरेका थिए ।
मेयर गजेन्द्र महर्जन नेपाली काँग्रेसका ललितपुर जिल्ला उपसभापति हुन् भने सांसद राणा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुन् ।
प्रतिक्रिया