१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पाटन दरवारमा मह जोडीलाई सगुन



ललितखबर
११ बैशाख । पाटन दरवारको सुनसान डबलीमा आइतबार अपरान्ह एकाएक भीड बन्यो । त्यही भीडको एउटा कुनामा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य टुसुक्क बसे ।
यो भीड बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन मनाउन आएको थियो । जन्म दिनको अवसर पारेर उनलाई सगुन दिने कार्यक्रम थियो ।
जन्म दिन मनाउन बर्थ डे व्याई मदनकृष्ण श्रेष्ठलाई उद्घोषकले मञ्चमा बोलाए । संगै हरिबंश आचार्यलाई मञ्चमा राखियो । जन्म दिन मदनकृष्ण श्रेष्ठका भएपनि कलाको माध्यमबाट सधै मह जोडी बनेर दर्शक हसाउने हरिबंश आचार्यलाई पनि मञ्चमा राखिएको दियो । जन्म दिनको अवसरमा मदनकृष्ण श्रेष्ठसँगै हरिबंश आचार्यलाई पनि सगुन दिइयो ।


ललितपुर महानगरको वडा नंं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सरकारी निकायले पनि स्थानीय स्तरमा रहेका कलाकारलाई सम्मान गर्ने संस्कारको विकाश गर्न कलाकार मदनकृष्ण श्रेष्ठको जन्म दिन मनाइएको बताए । उनले भने, ’यो संस्कार अन्य स्थानीय निकायले पनि सिकुन् ।’
सगुन कार्यक्रमअघि मंगलबजारमा उनको जन्मदिनको सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदानको सन्दर्भमा कलाकार तथा श्रेष्ठका छोरा यमन श्रेष्ठले जन्मदिनमा पुण्यको काम गर्न सकिओस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘हामीले जन्म दिनमा रक्तदानका लागि खर्च गर्ने निर्णय गरेका हौं ।’
कार्यक्रममा कलाकार यमन श्रेष्ठले जन्म दिनमा पहिलो रक्तदान कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै कलाकारको जन्म दिनमा रक्तदान गर्ने चलन मदनकृष्ण श्रेष्ठले निरन्तरता दिएको भन्दै प्रशंशा गरिएको थियो । अर्का कलाकार किरण केसी रातामकैले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गर्ने आश्वासन दिएको बताइएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २४ बजे