५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हात्तिबनबाटै कर्मनासा खोलामा मिसाइन्छ ढल



म तपाईहरुसँग हातेमालो गर्न सधै तयार छु । आउनुस् मिलेर नदि सफा गरौं

 

२२ बैशाख । ललितपुर महानगर १५ र महालक्ष्मी नगरपालिका ४ को दोसाँधमा रहेको हात्तिबन क्षेत्रमा ढल मिसाउदा कर्मनासा खोला फोहोर बनेको छ ।

अफल टोल सुधार समितीका पुर्व अध्यक्ष शितलबाबु श्रेष्ठले हात्तिवन क्षेत्रबाट कर्मनासा खोलाको दुर्दशा सुरु भएको बताएका छन् । गोदावरी सरोकारले आयोजना गरेको अन्र्तक्रियामा श्रेष्ठले पछिल्लो समय खोलामा धेरै थुप्रने गरेको सो फोहोर निकाल्ने क्रममा करिडोरको पर्खाल भत्काइएकोले करिडो अघि नबढेको बताए ।


पछिल्लो समय हात्तिबन क्षेत्रमा लिटिल एञ्जर्स स्कुलले नदि किनदारा अडपेर स्कूल बनाएकोले करिडो निर्माण हुन नसकेको स्थानीयहरु गुनासो गर्छन् । करिडोर नबनेसम्म फोहोर रोक्न नसक्ने र डलका लागि छुट्टै पाइप नराख्दा नदि दुनर््िधत हुने उनीहरु बताउछन् ।

स्थानीय इश्वर प्रसाद बजगाई नदि किनारमा कोठामा बस्ने कोठटाबासीले फोहोर फ्याक्ने बताए । उनले् भने, ‘उनीहरु फोहोर गरेर आफ्नो काममा जान्छन् । हामी नै अभियन्ता बनेर सफ ागर्न निस्कनु पर्छ ।’

क्र्मनासा सफा बनाउन सिसिटिभि राखेर नगरपालिकाले निगरानी गर्ने र कानून अनुसार पाँच हजारदेखि १ लाखसम्म जरिवाना तिराए फोहोर नहुने उनी बताउछन् । भन्छन्, नगरपालिकाले कर मात्रै लिन्छ । शहर सफा गर्दैन । फेरि हामीले नै सफ ागर्न जानु पर्छ ।

स्थानीय स्थानीय सचेत भएर फोहोर गरेको देख्नासाथ कारवाहीको लागि अघि बढे सधै आफ्नो वरपर सफा हुने बताउछिन् ।


महालक्ष्मी नगरपालिका ४ का वडाध्यक्ष अमृत खत्री नगरबासी आफै सचेत नभएसम्म फोहोर बढिरहने बताउछन् । भन्छन्,‘वडा कार्यालयले मात्रै चाहेर पनि फोहोर सफ ागर्न सक्दैन हामी मिलेर काम गरे सफल भइन्छ ।’

गोदावरी सरोकारकी अध्यक्ष बेबी राजभण्डारीले गोदावरी बहाव क्षेत्रको नदि सफ ागर्न आफूहरु सधै डटेर अघि बढ्ने बताइन् । भनिन्, ‘म तपाईहरुसँग हातेमालो गर्न सधै तयार छु । आउनुस् मिलेर नदि सफा गरौं ।’

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।