३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेबाट टोपबहादुर रायमाझी निलम्बन



२७ वैशाख । नेकपा (एमाले)ले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टी महासचिव शंकर पोखरेलले रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेकाे छ । तर हालसम्म उनी सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।