५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो जेठ ११ गते देखाइने



ललितखबर
२८ बैशाख । ललितपुरको जावलाखेलमा यही जेठ ११ गते भोटो देखाउने साइत जुरेको छ ।
साइत अनुसार जेठ ८ गते लगनखेलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पु¥याइन्छ भने त्यसको तीन दिनपछि भोटो देखाउने प्रचलन छ ।
आज मंगलबजारमा स्थित सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले साइत हेरेका थिए ।


गतबैशाख ८ गते रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ११ गते सुरु गरिएको थियो । यस बर्ष ठाँउ ठाँउमा रथ उल्कने समस्या पदा सोझ्याउदै तानिएको थियो । रथ ताने क्रममा क्रेनको प्रयोग गरेर रथ सोझ्याइएको थियो ।
भोटो देखाउने जात्रामा राष्ट्रप्रमुखसँगै संबैधानिक निकायमा प्रमुखहरु उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानान्याधिशलगायतको विशेष उपस्थिती हुने गरेको छ । भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमतीस्थित मन्दिरमा लगिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ०३ बजे