१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरण: पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी



काठमाडौं, ३० वैशाख ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

दुलाल र भण्डारी २०७९ चैत १२ गतेदेखि थुनामा छन् । शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापासमेत मारेको थियो । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।