२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खाणसहित १२ जनालाई ४ दिन थुनामा राख्न अनुमति



३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान नसकिएको भन्दै ४ दिन थुनामा राख्न अदालत सक्षम अनुमति मागेको थियो। सोही अनुसार जिल्ला अदालतले प्रहारीले खाणसहितका अभियुक्तलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत १२ जना प्रकाउ परेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।