५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दिलिपकी छोरी दिव्या रायमाझी ‘वरिष्ठ बलराम’मार्फत चलचित्रमा डेब्यू गर्दै



२ जेठ । दिव्या रायमाझी ‘वरिष्ठ बलराम’मार्फत नेपाली चलचित्रमा डेब्यू गर्ने भएकी छिन् ।
अमेरिकामा बस्दै आएकी चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्रमार्फत करिअर सुरु गर्ने भएकी हुन्
अभिनेता खगेन्द्र लामिछानेसँगै पर्दामा देखिने दिव्याले खेल्ने चलचित्रको पटकथा खगेन्द्रले नै तयार गरेका हुन् ।
यस चलचित्रका लागि दिव्यालाई १० लाख पारिश्रमिक दिने बताइएको छ । यद्यपी कागजी सम्झौता भने भइसकेको छैन ।
पछिल्लो समय उनी अमेरिकामा काम गर्दै आएकी छिन् । चलचित्रको सुटिङका लागि उनी केही समयपछि नेपाल आउने बताइएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।