१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


जुन टोलमा कलाकारको सम्मान हुन्छ



ललितखबर
३ जेठ । ललितपुरको ग्वार्कोबाट इमाडोल नपुग्दै एउटा चोक छ ‘राता मकै चोक’ । यो चोकको नाम कलाकार किरण केसीको सम्मानमा टोलबासीले ‘राता कमै’ चोक नाम राखेका हुन् । टोलको प्रवेश गर्नुअघि ठूलो अक्षरमा राता मकै लेखेर प्रवेशद्वार नै बनाइएको छ ।
भक्तपुरको कौशलटार पुग्नुअघि यस्तै प्रवेशद्वार छ सचेत मार्ग टोल समाजले स्वर्गीय कलाकार ‘जयनन्द लामा’ प्रवेश द्वार निर्माण गरेको छ । केही समयअघि दुर्घटनामा मृत्यु भएपछि सचेत मार्ग टोलका स्थानीयले स्वर्गीय लामाको सम्मानमा टोलको नामाकरण गरेका हुन् । प्रवेश द्वारमा कलाकार लामाको तस्विरको समेत चित्र कोरिएको छ ।

पुर्वी नवलपराशी पनि महानायक राजेश हमालको टोलको नामै हमाल चोक राखिएको छ ।


कलाकार किरण केसी गाडीका चालक र सहचालकले आफ्नो नामै राता मकै चोक बनाइदिएको बताउँछन् । भन्छन्, ‘सबैले मेटो टोललाई राताकमै चोक भने । नेपाल सरकारले पनि टोलको विकाश योजनाको रातो कितावमा राता मकै चोकको नाम राखेछ । खुशी छु ।’
जिउँदो रहँदा नै टोलबासीले सम्मान गरेर आफ्नो नाममा टोलकै नाम राख्दा एसएलसीमा डिस्टेन्सन आएको भन्दा धेरै खुशी भएको बताए । भने, ‘यो सम्मान जिउँदोमा जो कोहीले पाउदैन ।’
स्वर्गीय जयनन्द लामाकी धर्मपत्नी गोपि लामा कलाकारको सम्मान भएको देख्दा हर्ष लागेको बताइन् । ‘टोल सुधार समितीले का पदाधिकारीले कलाकार जयनन्द लामाको सम्मानमा के गर्न सकिन्द्धछ भनेर सोधिरहनु हुन्थ्यो । उहाँकरुले कलाकारको सम्मानमा प्रवेशद्वार बनाउनु भयो’ उनले भनिन् ।
पछिल्लो समय कलाकारहरुको सम्मानमा टोलको नाम नामांकरण गर्ने मात्रै होइन सालिक समेत बनाइएको पाइन्छ ।
भक्तपुरमा मात्रै होइन काठमाडौंको महाराजगञ्जमा स्वरसम्राट नारायण गोपालको नाममा सालिक निर्माण गरिएको छ । ललितपुरको झम्सिखेलमा गायक अरुण थापाको सालिक बनाइएको छ ।
पछिल्लो समय चर्चित कलाकारको नाम झुण्डाएर होटल रेष्टुरेण्ट समेत भेट्न सकिन्छ ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ४ : २६ बजे