१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा हिमपहिरोः ३ जना बेपत्ता र २ घाइते



 जेठ ७ । बझाङकाे सुर्मा गाउँपालिका २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र दुई जना घाइते छन्।आइतबार बिहान गएकाे हिमपहिरोमा परी उक्त घटना भएकाे र  घटनास्थलतर्फ प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ। घटनास्थल टाढा भएकाले टोली पुग्न समय लाग्ने बताइएकाे छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको बताइएकाे छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।