७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा हिडेर मनाइयो ‘अन्र्तराष्ट्रिय वन तथा जैविक विविधता’ दिवस



 

९ जेठ । अन्र्तराष्ट्रिय वन तथा जैविक विविधता दिवस गोदावरी फुलचोकी वन संरक्षण क्षेत्रमा “वाक एण्ड टक” नाम दिएर भब्याताका साथ मनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारी जिल्ला समन्वय समितिका प्रमुख ऋषि फ्ुयाँल, गोदावरी नगर वन उपभोक्ता समूह, वनकर्मी र स्थानियवासीसँग विहान दुई घण्टा हिडेर वनको निरीक्षण गर्दै अन्र्तराष्ट्रिय वन तथा जैविक विविधता दिवस “वाक एण्ड टक” नामसाथ मनाएको हो ।
वन तथा भु संरक्षण विभागका उपमहानिर्देशक नवराज बुढासैनीले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पति आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली जैविक विविधता रहेको बताए । उनले विश्वमा अत्याधिक उपयोग हुँदैं जादाँ प्रकृतिक प्रकृयामा असन्तुलित भई मानव जीवनको अस्तित्व नै खतरामा भएको अन्र्तराष्ट्रिय देशहरुसँग छलफल गरी संयुक्त राष्ट्रिय संघले, सन् १९९२ मा महासन्धि पारित गरेको  जानकारी दिए । उनका अनुसार सन् १९९३ देखि जैविक विविधता महासन्धि कायान्वयन हुँदै आएको छ ।
पार्यवरण, वनलाई कसरी जोगाउने र सरसफाई राख्ने तरिका सिकाउदै उनले भने, ‘स्थानिय सरकारले वनको ऐन, नियम, कानून र नितिमा सहयोग गर्नपर्छ हस्तक्षेप हैन् ।’
२०४६ सालको वन अनुसार वनका कार्यक्षेत्रमा वन उपभोक्ता समिति बाहेक अरु कुनै पनि समिति नबनाउन नहुने बताए ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १ : ३५ बजे