१२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी एक अभियुक्त पक्राउ परेकी छन् । लक्ष्मी महर्जनलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।
।
प्रतिक्रिया