५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत



१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा क्रममा नयाँदिल्ली पुगेका छन् ।

करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

विदेशराज्‍यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।