१९ जेठ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र स्टुडियो नहुँदा चलचित्र क्षेत्रले हैरानी व्यहोर्नु परेको दुःख सुनाएका छन् ।
चलचित्र पत्रकार संघले काठमाडौंका आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले राज्यले चलचित्र स्टुडियो नबनाइदिदा सुटिङका लागि अस्पतालका एमजेन्सीमा डाक्टर र नर्सहरुलाई दुःख दिएर चलचित्र सुटिङ गर्नु परेको बताए ।
एकातिर अस्पतालको बेडमा मृत्युसँग लडिरहेका विरामीलाई डाक्टरहरु उपचार गरिरहेका हुन्छन् अर्कोतर्फ त्यही एमजेन्सी कक्ष र अपरेशन थियटरमा एकछिन है भन्दै चलचित्र सुटिङ गर्नु पर्ने बाध्यता रहेको उनले सुनाएका छन् । उनले भने, ’के गर्नु हामीसँग महँगा मेडिकल इक्युपमेन्ट र अपरशन थियटर छैनन ।’
व्यवस्थित स्टुडियो नहुँदा प्रहरी चौकीलगायत विभिन्न स्थानमा अरुलाई दुःख दिएर चलचित्र सुटिङ गर्नु पर्ने अवस्था रहेको दुखेसो उनले सुनाएका थिए ।
सरकारले दोलखा र काभ्रेमा चलचित्र सुटिङका लागि स्डुडियो निर्माण गर्ने योजना अघि सारेको तर काम सुरु नै नभएको उनको दुखेको छ ।
दोलखामा सरकारले खवौं बजेटको योजना बनाएको तर आफ्नो र छोराको पालामा बन्न नसक्ने गुनासो गरे ।
काभ्रेमा निर्माण गर्ने स्टुडियो वन मन्त्रालयसँग जग्गा प्राप्ती नहुँदा समस्या परेको छ । बन क्षेत्रको रुख काट्न मन्त्रालयले सहमती नदिदा जग्गा प्राप्तिमै समस्या परेको अध्यक्ष केसी बताउछन् । जग्गा प्राप्तीका लागि अध्यक्ष केसी दर्जनौ पटक मन्त्रलय धाउदै मन्त्री सचिव र कर्मचारीलाई अनुनय विनय गरेको बताउछन् ।
पछिल्लो समय वनको जग्गा प्राप्तीका लागि प्रस्ताव तयार भई मन्त्री परिषदमा पेश हुने चरणमा पुगेको अध्यक्ष केसीले सुनाएका छन् ।
१९ जेष्ठ २०८०, शुक्रबार
24
Shares
प्रतिक्रिया