५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बजेट माग्दै सञ्चारमन्त्रीलाई ६ चलचित्र सम्बद्ध संस्थाले बुझाए ज्ञापनपत्र



२३ जेठ । फिल्म सम्बद्ध ६ संस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेटमा सम्बोधन गर्न आग्रह गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र पेश गरेका छन् ।

मंगलबार चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र महासंघ, नृत्य संघ र द्वन्द्व कलाकार संघले संचारमन्त्री रेखा शर्मालाई मन्त्रालयमै भेटेर ज्ञापन पेश गरेका हुन् ।

मन्त्री शर्मालाई बुझाइएको १३ बुँदे ज्ञापनमा राष्ट्रिय चलचित्र क्षेत्रलाई बजेटमा उपेक्षा गरिएकाले तत्काल संशोधन प्रक्रियाबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको छ । एक साताभित्र ठोस निर्णय नदिएमा चरणबद्ध आन्दोलनमा जाने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।