३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बद्री बहादुर’को पोस्टर सार्वजनिक



२६ जेठ । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गरिएको छ। फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ।

समीर मिया सह–निर्माता रहेको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिकामा अभिनय छ। फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ

 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।