१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नीरफूल’ हेरेर कलाकार र पत्रकारले दिए सकारात्मक प्रतिकृया



वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो

३० जेठ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेता, कलाकार र पत्रकारहरुले उत्साहजनक प्रतिकृया दिएका छन् । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेट्दै उत्कृष्ट रुपमा प्रस्तुत गरेको बताए ।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उनले भने, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरिन् । उनले नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन ? भन्ने गुनासोको निरफूलले जवाफ दिएको बताइन् । चलचित्रमा कलाकारले जीवन्त अभिनय गरेको र भूकम्पको समयमा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको ले चलचित्र फरक स्वादको बनेको भनाई राखेकी छिन् ।

 

नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ

 

गायिका सुनिता दुलालले हाँसो र रोदन दुवै चलचित्रमा रहेको प्रतिकृया दिइन् । उनले यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउने अपेक्षा गरिन् ।
पत्रकार ऋषि धमलाले समयसापेक्ष चलचित्र बनेको भन्दै निर्माण पत्रको कामको प्रशंसा गरे । उनले धादिङ जिल्लाको रुभिभ्याली गाँउमा भुकम्पले गरेको असरबारे चलचित्रमा उठाएको भन्दै धन्यवाद दिए । पत्रकार उमेश चौहानले भुकम्पको बेला सर्वसाधारणले भोगेको दुखद घटना चलचित्रमा दिएको भन्दै समय सान्दर्भिक रहेको बताए ।
चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट उत्साहजनक प्रतिक्रिया पाएको जानकारी भन्दै खुशी व्यक्त गरे । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उनले भने ।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेका थिए ।

हेर्नुस भिडियो :

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : १७ बजे