३२ जेठ । कृष्णभक्त महर्जन नेपाली चलचित्र क्षेत्रका सुप्रसिद्ध कलाकार हुन् । पछिल्लो समय पशुपति प्रसादमा भोलि साहुको भुमिकासँगै उनको चर्चा चुलियो ।
उनलाई नकारात्मक भूमिकामा खेलेकै भरमा दर्शकले कुट्न समेत आएको अनुभव सुनाउछन् । भन्छन्, ‘मेरो भूमिका हेरेर चलचित्र हलमा मलाई धेरै गाली गरेको समेत सुनेको छु। गाली गरेको सुन्दा गर्वको महसुस हुन्छ । मैले राम्रो अभिनय गरेको रहेछु भन्ने लाग्छ ।’
पेट्रोलपम्प व्यावसाय बन्द गरेर कलाकारितामा होमिएका उनी नृत्य प्रशिक्षक समेत हुन् । उनी विद्यालयमा नृत्य सिकाउछन् । रंचमञ्चमा नाटक खेल्छन् । नियमित टेलिचलचित्रमा अभिनय गर्छन् । ठूलो पर्दामा समेत उनको भूमिका हेर्न पाइन्छ ।
प्रतिक्रिया